कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कटारी-५ मा खसेको ७० प्रतिशत मत बदर

डिल्लीराम खतिवडा

उदयपुर — सार्वजनिक भइरहेको स्थानीय निर्वाचनको मत परिणामअनुसार कटारी नगरपालिका ५ मा खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी बदर भएको पाइएको छ । आइतबार सार्वजनिक अन्तिम मत परिणामअनुसार वडामा खसेको ३ हजार १ सय ७ मत गणना हुँदा २ हजार १ सय ९४ मत बदर भएको पाइएको हो ।

कटारी-५ मा खसेको ७० प्रतिशत मत बदर

सबैभन्दा बढी खुल्ला सदस्य(दोस्रो २)मा २ हजार १ सय ९४ मत बदर भएको छ । मत बदर हुँदा एमालेका राम हरिकुमार दनुवारले मात्रै ९ सय १३ मत पाएका छन् । मत बदर हुँदा उनका प्रतिद्वन्द्वीले शून्य मत पाएको निर्वाचन अधिकृत राजकुमार राउतले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।

सार्वजनिक मत परिणाममा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य खुल्ला सदस्य(१) र खुल्ला सदस्य(२)मा क्रमशः ५ सय ७२, ९ सय ८६, ५ सय ७२, १ हजार ४ सय ४८, १ हजार ५ सय ४५ , १ हजार ६ सय ४७ र २ हजार १ सय ९४ मत बदर भएको छ ।

कटारी नगरपालिकको कूल मतदाता ३८ हजार ४ सय ४६ रहेको छ । त्यसमध्ये अहिलेको स्थानीय तह निर्वाचनमा करिब ६७ प्रतिशत २५ हजार ७ सय ५३ मत खसेको निर्वाचन अधिकृत राउतले बताए ।

यो समाचार तयार पार्दासम्म १५ हजार ५ सय ८८ मत गणना भइसकेको छ । गणना भएकोमध्ये प्रमुखमा ३ हजार ४ र ५६ र उपप्रमुखमा ४ हजार ४ सय ३५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय कटारीले जनाएको छ ।

उपप्रमुखमा ४ हजार ४ सय ३५ मत बदर हुँदा अहिलेसम्म अग्रस्थामा रहेकी नेकपा एमालेकी उपप्रमुख उम्मेदवार गीता खड्काले ४ हजार १ सय ४९ मत लिएर अग्रस्थानमा रहेकी छन् । १४ वडा रहेको कटारी नगरपालिकामा अब १ देखि ४ नम्बर अर्थात ४ वटा वडाका १० हजार १ सय ६८ मत मात्रै गणना गर्न बाँकी छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?