सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

अवधेशकुमार झा

राजविराज — सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोसपाका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लोसपाका दिनेशकुमार यादवले निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवलाई ३ सय ३४ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष दिनेशले ४ हजार २ सय ६९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष हरेरामले ३ हजार ९ सय ३५ मत पाए ।

यस्तै गाउँपालिका उपाध्यक्षमा पनि लोसपाकै पुष्पा श्रेष्ठ निर्वाचित भएकी छन् । उनले पनि निवर्तमान उपाध्यक्षसमेत रहेकी जसपाकी बेचनीदेवी सरदारलाई ५६ मतान्तरले पराजित गरेकी छन् । निर्वाचित उपाध्यक्ष लौगीले ३ हजार ७ सय १० मत प्राप्त गरिन् भने निकट प्रतिस्पर्धी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरेकी छन् ।


प्रकाशित : जेष्ठ ८, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीको डाक्नेश्वरीमा एमाले विजयी

अवधेशकुमार झा

राजविराज — सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका रामलखन मलाह निर्वाचित भएका छन् । यस्तै नगर उपप्रमुखमा पनि एमालेकी मिराकुमारी यादव निर्वाचित भएकी छन् । 

अन्तिम मत परिणामअनुसार नगर प्रमुखमा निर्वाचित एमालेका मलाहले ५ हजार ८ सय ५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गरे ।

यस्तै नगर उपप्रमुखमा निर्वाचित एमालेकी मिराकुमारी यादवले ६ हजार १ सय ९७ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी जसपाकी इन्दुदेवी यादवले ५ हजार २ सय ९ मत प्राप्त गरेकी छन् ।

डाक्नेश्वरीको नतिजासमेत सप्तरीमा कुल १८ मध्ये १७ स्थानीय तहको मतगणना सकिएको छ । रुपनी गाउँपालिकाको मतगणनासमेत अन्तिम चरणमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १५:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×