सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

अवधेशकुमार झा

राजविराज — सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोसपाका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लोसपाका दिनेशकुमार यादवले निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवलाई ३ सय ३४ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष दिनेशले ४ हजार २ सय ६९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष हरेरामले ३ हजार ९ सय ३५ मत पाए ।

यस्तै गाउँपालिका उपाध्यक्षमा पनि लोसपाकै पुष्पा श्रेष्ठ निर्वाचित भएकी छन् । उनले पनि निवर्तमान उपाध्यक्षसमेत रहेकी जसपाकी बेचनीदेवी सरदारलाई ५६ मतान्तरले पराजित गरेकी छन् । निर्वाचित उपाध्यक्ष लौगीले ३ हजार ७ सय १० मत प्राप्त गरिन् भने निकट प्रतिस्पर्धी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरेकी छन् ।


प्रकाशित : जेष्ठ ८, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

हरेक नेपालीको नामको पछाडि 'कवि' लेखिदिए हुन्छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि 'कवि' लेखिदिए हुने बताएका छन् । कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै ओलीले नेपालीहरू जातैले कवि रहेको बताउँदै हरेक नेपाली नामको पछाडि कवि लेखिदिए हुन बताएका हुन् ।

'मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि हुन् । हरेक नेपालीको अन्त्यमा कवि लेखिदिए हुन्छ,' उनले भने,' उहिल्यै लिपी पैदा हुनुभन्दा अघि पनि गाउँथे; काव्य रचना गर्थे । काव्यको रचना‚ छन्दको रचना यस भूमिमा थियो भन्ने कुरा गर्न खुसी लाग्छ ।’

उनले दोहोरी खेल्न पनि नेपालीहरू अब्बल रहेको बताए । उनले भने, 'नेपालमा जस्तो दोहोरी खेल्‍न कसैले सक्छ ? भन्ने मात्रै होइन नि‚ खुत्रुक्कै गरी भन्छ ? कसरी भन्छ त्यो काव्यता, लय कसरी आउँछ ,' उनले भने, 'कहिलेकाहीँ नबुझेर एकछिन हाँस उठ्छ । मर्मको गहिराइमा पुगेपछि बल्ल थाहा हुन्छ । कति महान् कवित्व त्यहाँ प्रकट भएको हुन्छ ।'

प्रकाशित : जेष्ठ ८, २०७९ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×