कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरिनगर गाउँपालिकामा कांग्रेस विजयी

सुनसरी — सुनसरीको हरिनगर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार गफार अंसारी मिया ६ हजार १ सय ७२ मत ल्याई विजयी भएका छन् ।

हरिनगर गाउँपालिकामा कांग्रेस विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार लस्करी अंसारीलाई १, हजार १८ मतान्तरले पराजित गरेका हुन् । पराजित लस्करी अंसारीले ५ हजार १ सय ५४ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार रिमझिमकुमारी भगत ६ हजार २ सय १३ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार कोशीलाकुमारी साहुले ५ हजार ४ सय ७ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?