कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाराको बारागढीमा जसपा विजयी

काठमाडौँ — बाराको बारागढी गाउँपालिका प्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार जयसबाल ५ हजार ४ सय २६ मत ल्याई विजयी भएका छन् ।

बाराको बारागढीमा जसपा विजयी

जयसबाललाई उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दिएका वृजकिशोर प्रसादलाई २ हजार ३ सय ८४ मतान्तरले पराजित गरेका हुन् । पराजित भएका वृजकिशोर प्रसादले ३ हजार ४२ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीकी उम्मेदवार लक्ष्‍मीदेवी राय ४ हजार ३ सय ६६ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार कलाउनी थरुनीले ३ हजार ६ सय २१ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?