कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाराको आदर्श कोटवाल गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौँ — बाराको आदर्श कोटवाल गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जवाहर प्रसाद र उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरादेवी निर्वाचित भएकी हुन् ।

बाराको आदर्श कोटवाल गाउँपालिकामा कांग्रेस विजयी

गाउँपालिका प्रमुखमा जवाहर प्रसादले ४ हजार ८७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मुस्तुफा अंसारीलाई १ हजार २ सय ५० मतान्तरले पराजित गरेका हुन् । पराजित मुस्तुफा अन्सारीले २ हजार ८ सय ३७ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मिरादेवी ३ हजार ३ सय ७५ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार बासमतीदेवी यादवले २ हजार ६ सय २६ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?