धनुषाको क्षिरेश्वरनाथको मेयरमा एमालेका यादव, उपमेयरमा कांग्रेसकी श्रेष्ठ विजयी

काठमाडौँ — धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा एमालेका सुखदेव यादव र उपमेयरमा कांग्रेसकी रचना श्रेष्ठ विजयी भएका छन् । क्षिरेश्वरनाथ नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुखदेव यादव ७ हजार ९ सय १३ मत ल्याई विजयी भएका हुन् ।

धनुषाको क्षिरेश्वरनाथको मेयरमा एमालेका यादव, उपमेयरमा कांग्रेसकी श्रेष्ठ विजयी

यादवले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार योगेन्‍द्र पजियारलाई ६ सय १३ मतान्तरले पराजित गरेका हुन् । पराजित योगेन्‍द्र पजियारले ७ हजार ३ सय मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार रचना श्रेष्‍ठ ७ हजार ५ सय ५० मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार सालिनी चौधरीले ७ हजार ५ सय ११ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?