कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कृष्णपुरको मेयर र उपमेयरमा कांग्रेस विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । कृष्णपुरको मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझा र उपमेयरमा द्रोपति राना विजयी भएका हुन् । 

कृष्णपुरको मेयर र उपमेयरमा कांग्रेस विजयी

मेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार ओझाले १० हजार ३ सय ३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत प्राप्त गरेका छन् । कृष्णपुर नगरपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र पन्तले ६ हजार ४ सय ७४ मत पाएका छन् ।

कृष्णपुरको उपमेयरमा विजयी कांग्रेसकी द्रोपति रानाले ९ हजार ६ सय ७५ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रमिता राना बडायकले ७ हजार ३ सय १६ मत प्राप्त गरिन् । उपमेयरमा माओवादी केन्द्र तेस्रो बनेको थियो । माओवादी केन्द्रकी उपमेयर उम्मेदवार गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?