कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भाइलाई पराजित गर्दै दाइ वडाध्यक्षमा निर्वाचित

अछाम — अछामको साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा भाइलाई पराजित गर्दै दाइ‍ वडा अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार सार्वजनिक मत परिणाम अनुसार १२ नम्बर वडामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सहसचिव समेत रहेका जनकबहादुर कडायत वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

भाइलाई पराजित गर्दै दाइ वडाध्यक्षमा निर्वाचित

उक्त वडामा कडायतको पूरै प्यानल विजयी भएको छ ।

नकबहादुरले नेकपा (एमाले)का उम्मेदवार आफ्नै सहोदर भाइ धनबहादुर कडायतलाई ४७ मतान्तरले पराजित गरे । विजेता कडायतले ३ सय ३५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वीले २ सय ८८ मत पाएका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?