सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ — सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बरियारपट्टी गाउँपालिका प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्तोषकुमार महतो ३ हजार ८ सय ४४ मत ल्याई विजयी भएका हुन् ।

सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार उपेन्द्रप्रसाद यादवलाई ३ सय १० मतान्तरले पराजित गरेका हुन् । पराजित उपेन्द्रप्रसाद यादवले ३ हजार ५ सय ३४ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार ममता कुमारी ३ हजार ९ सय ९७ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार सियाकुमारी यादवले ३ हजार ४ सय ८५ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?