कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धनगढीको मेयरमा हमाल विजयी, उपमेयरमा एमालेकी कन्दकला

मोहन बुडाऐर

धनगढी — धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नृपबहादुर वडलाई दोब्बर मतान्तरमा पराजित गरेका हुन् ।

धनगढीको मेयरमा हमाल विजयी, उपमेयरमा एमालेकी कन्दकला

आँप चुनाव चिह्नबाट हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गरे ।

हमालले प्रारम्भिक चरणदेखि नै दोब्बर मतान्तरमा अग्रता लिइरहेका थिए । हमालले उपमहानगरका सबै वडाबाट अग्रता लिएका थिए । हमाल र वड २०७४ को स्थानीय निर्वाचनका पनि प्रतिस्पर्धी थिए । त्यसबेला वडले हमाललाई २ हजार ७ सयको मतान्तरले हराएका थिए ।

यसपटक हमालले वडलाई १२ हजार ४८ मतान्तरमा हराएका हुन् । यस्तै, उपमयेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छन् । रानाले १५ हजार ४ सय ७९ मत प्राप्त गर्दै माओवादीकी शान्तिकुमारी अधिकारीलाई पराजित गरेकी हुन् ।

अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरेकी छन् । माओवादीकी अधिकारीलाई रानाले उपमहानगरका ८, ९, ११ र १२ वडाको मतगणनापछि पछाडि पारेकी हुन् । उपमहानगरको ८ देखि १२ सम्मको वडामा राना समुदायको बसोवास बढी छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?