कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बराहक्षेत्रको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिकाको प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् । उपप्रमुखमा एमालेकी नन्दकुमारी सुनुवार राई विजयी भएकी छन् ।

बराहक्षेत्रको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

निर्वाचन कार्यालयका अनुसार प्रमुखमा निर्वाचित कार्कीले १९ हजार २ सय ९३ मत ल्याएका थिए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निलम खनालले १४ हजार १ सय ५४ मत प्राप्त गरेका थिए । खनाल बराहक्षेत्रका निवर्तमान प्रमुख पनि हुन् ।

उपप्रमुख पदमा नेकपा एमालेकी नन्दकुमारी राईले १५ हजार ७६६ मत ल्याउँदै गठबन्धनका अमित गौतमलाई ५ हजार २ सय २२ मतान्तरले पराजित गरिन् । गौतमले १० हजार ५ सय ४४ प्राप्त गरेका थिए । ११ वडा रहेको बराहक्षेत्रमा कांग्रेसले ८ वटा र एमालेले ३ वटा वडामा विजय प्राप्त गरेका छन् ।

कुल जनसंख्या ९१ हजार ८ सय ९१ जना रहेको बराहक्षेत्रमा कुल मतदाता ६३ हजार ६ सय ०८ जनामध्ये ४५ हजार ९४ मत खसेको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?