३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सुनसरीको हरिनगरमा कांग्रेस उम्मेदवार विजयी

अर्जुन सुवेदी

सुनसरी — सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ६ हजार १ सय ७२ मत ल्याएर अध्यक्षमा गफार अन्सारी मिया र उपाध्यक्षमा रिमझिमकुमारी भगत ६ हजार २ सय १३ मत ल्याएर विजयी भइन् ।

सुनसरीको हरिनगरमा कांग्रेस उम्मेदवार विजयी

मियाका निकट प्रतिस्पर्धी नेकपा एमालेका लस्करी अन्सारीले ५ हजार १ सय ५४ मतमात्र ल्याउन सके ।

उपाध्यक्ष पदमा निर्वाचित भगतकी निकटम प्रतिद्वन्द्वी एमालेकी कोशीलाकुमारी साहुले ५ हजार ४ सय ७ मत ल्याइन् । विजयी दुवैजना निवर्तमान अध्यक्ष र उपाध्यक्ष हुन् ।


प्रकाशित : जेष्ठ ७, २०७९ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?