रौतहटको माधवनारायण नगरपालिकाको मेयरमा कांग्रेसका यादव विजयी

शिव पुरी

रौतहट — रौतहटको माधवनारायण नगरपालिकामा नेपाली कांग्रेसका बैजनाथप्रसाद यादव ४ हजार २ सय ८८ मत ल्याई नगरप्रमुख पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका लिलाप्रसाद तेलीले ३ हजार ३ ससय ३२ मत  प्राप्त गरे ।  

रौतहटको माधवनारायण नगरपालिकाको मेयरमा कांग्रेसका यादव विजयी

निर्वाचन अधिकृतको कार्यालय माधवनारायणका अनुसार यस नगरपालिकामा उपप्रमुख पदमा जसपाकी निर्मलादेवी रमण ११ झिनो मत अन्तरले विजयी भइन् । रमणले ३ हजार १ सय ६९ मत प्राप्त गरिन् । लोसपाकी जमुनादेवीले ३ हजार १ सय ५८ मत पाइन् ।

निर्वाचन कार्यालयका अनुसार ९ वडा रहेको माधवनारायण नगरपालिकामा एमालेले १, ३, ५ र ६ नम्बर वडा जितेको छ । कांग्रेसले ८, समाजवादीले २, माओवादीले ४, जसपाले ७ र लोसपाले ९ नम्बर वडाको अध्यक्षमा जित हात पारेको छ । अधिकांश वडा गुमाएको कांग्रेसले नगरप्रमुख र एउडा वडामा जितेको छ ।

दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा ८ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । बाँकी रहेको १० वटामा मतगणना जारी रहेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?