कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालले युगान्डालाई ३३ रनले हरायो

काठमाडौँ — युगान्डासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल नेपालले जितेको छ । शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा नेपालले युगान्डालाई ३३ रनले हराएको हो । 

अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालले युगान्डालाई ३३ रनले हरायो

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । ६१ बल सामना गरेकी उनले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले १८ रन बनाउँदा सीता राना मगरले १७ रनको योगदान दिइन् । त्यस्तै नेपाललाई युगान्डाले अतिरिक्त २० रन दिएको थियो ।

युगान्डाका लागि कोन्सी अवेको र फियोना कुलुमेले १/१ विकेट लिएका थिए भने ४ जना नेपाली ब्याट्सवुमेन रनआउट भएका थिए ।

१२४ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको युगान्डा २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन् । त्यस्तै ओपनिङ ब्याट्सवुमेन केभिन अविनोले १५ रन बनाइन् । अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सीता राना मगर र इन्दु वर्माले २/२ विकेट लिए । त्यस्तै अस्मिना कर्माचार्य र हिरनमायी रोयले १/१ विकेट लिए ।

पहिलो तीन खेल नै हारेर शृंखला गुमाइसकेको नेपालले शुक्रबार चौथो खेलमा युगान्डामाथि १५ रनको विजय नतिजा निकालेको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?