धनुषाको सबैला नगरपालिकामा माओवादी विजयी

धनुषा — सबैला नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार कारीराम यादव ४ हजार २ सय १२ मत ल्याई विजयी भएका छन् ।

धनुषाको सबैला नगरपालिकामा माओवादी विजयी

उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार जगतसुन्‍दर साह मधुपलाई १ हजार ३६ मतान्तरले पराजित गरेका हुन् । पराजित जगत सुन्‍दर साह मधुपले ४ हजार ७६ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार रहिमा खातुन ४ हजार ६ सय ९९ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार किरणकुमारी कापरले ३ हजार ६ सय ४ मत ल्याएकी छन् ।

सबैला नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको गृहनगरसमेत हो । मेयरमा निर्वाचित कारीराम उनका भाइसमेत हुन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?