२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिरहाको मिर्चैयामा माओवादी विजयी

सिराहा — सिरहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मिर्चैयाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार श्रवणकुमार यादव र उपमेयरमा माओवादीकै उम्मेदवार जिवछी देवी निर्वाचित भएकी हुन् । 

सिरहाको मिर्चैयामा माओवादी विजयी

मिर्चैयाको मेयरमा निर्वाचित यादवले ५ हजार २ सय ३३ मत प्राप्त गरेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम यादवलाई ५ सय २३ मतान्तरले पराजित गरेका हुन् । मेयरमा पराजित कांग्रेसका सीतारामले ४ हजार ७ सय १० मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपमेयरमा माओवादीकी उम्मेदवार जिवछी देवीले ५ हजार ७० मत ल्याएर निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी अनिता साहलाई ४४ मतान्तरले पराजित गरेकी हुन् । उपमेयरमा पराजित साहले ५ हजार २६ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?