१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कपिलवस्तुको विजयनगरमा एमाले विजयी

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको विजयनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । सीमासँग सटेर रहेको गाउँपालिकामा एमालेका गोपालबहादुर थापाले जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवलाई ५ हजार ४ मतान्तरले पराजित गरे ।

कपिलवस्तुको विजयनगरमा एमाले विजयी

थापाले ५ हजार ८३८ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ५ हजार ३४३ मत ल्याएका थिए ।

त्यस्तै, उपप्रमुखमा एमालेकै लक्ष्मीकुमारी चौधरी विजयी भएकी छन् । उनले ४ हजार ९ हजार ३० मत ल्याइ विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८४९ मत ल्याएकी थिइन् ।

जिल्लाको ८ वटा स्थानीय तहको परिणाम आउँदा एमालेको तेस्रो जित हो । २ स्थानीय तहको मतगणना भइरहेको छ । यहाँ १० स्थानीय तह छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?