कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ललितपुरको महालक्ष्मी प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार हरिगोविन्द श्रेष्ठ ९ हजार ३ सय ५० मत ल्याई विजयी भएका छन् ।

ललितपुरको महालक्ष्मी प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार शिवप्रसाद कट्टेललाई ३ हजार ६ सय ९२ मतान्तरले पराजित गरेका हुन् । पराजित शिवप्रसाद कट्टेलले ५ हजार ६ सय ५८ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन ९ हजार ५ सय ९१ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार विणा सुवेदीले ८ हजार ६ सय ८३ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?