कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

झापाको गौरादहमा रोकियो मतगणना

अर्जुन राजवंशी

बिर्तामोड — झापाको गौरादह नगरपालिकामा मतगणना रोकिएको छ । गणना कार्यमा निर्वाचन कार्यालयका कर्मचारीको गतिविधि शंकास्पद भएको भन्दै कांग्रेस-माओवादी गठबन्धनले विरोध जनाएपछि गणना कार्य शुक्रबार रातिबाट रोकिएको हो ।

झापाको गौरादहमा रोकियो मतगणना

विरोधका कारण गणना कार्य रोकिएको हो । शुक्रबार बेलुका गौरादह-७ को वडाध्यक्ष पदमा एक मतको फरकमा एमालेका उम्मेदवार निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो । उक्त परिणामप्रति गठबन्धनका प्रतिनिधिले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा एक हजार २० मत पाएका थिए । गठबन्धनका उम्मेदवारले एक हजार १९ मत पाएको परिणाम सार्वजनिक गरिएको थियो ।

गठबन्धनका प्रतिनिधिले निर्वाचन कर्मचारीले धाँधली गरेर एमाले उम्मेदवारको पक्षमा एक मत बढी देखाएको आरोप लगाएका छन् । गठबन्धनले ७ नम्बरमा पुनः मतगणनाको माग राखेको कांग्रेस नगर सभापति यादवराज सेढाईले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०७९ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?