कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी

काठमाडौँ — कैलालीको जानकी गाउँपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत जानकी गाउँपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टी उम्मेदवार गणेश चौधरी ७ हजार १ सय ५१ मत ल्याई विजयी भएका छन् ।

कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार परशुराम महतौ (कठरिया)लाई १ हजार ९ सय ९ मतान्तरले पराजित गरेका हुन् । पराजित परशुराम महतौ (कठरिया)ले ५ हजार २ सय ४२ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार लालमतीदेवी कठरिया ६ हजार ५ सय ६२ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार गीता चौधरीले ४ हजार ८ सय ५८ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?