कैलालीको लम्कीचुहा नगरपालिकामा महिलाको नेतृत्व

मोहन बुडाऐर

धनगढी — कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा युवा महिला नेतृ विजयी भएका छन् । नगरप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला शाही निर्वाचित भएकी छन् । उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन् ।

कैलालीको लम्कीचुहा नगरपालिकामा महिलाको नेतृत्व

शाहीले १२ हजार ७ सय १३ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान मेयर एमालेका उम्मेदवार महादेव बजगाईंलाई २ हजार २ सय ७८ मतले पराजित गरेका हुन् । बजगाईंले १० हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा चौधरीले ११ हजार ७सय ८ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी जानकीकुमारी शाहीले ८ हजार ३ सय ८ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?