कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दोलखाको विगु गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमाले विजयी

केदार शिवाकोटी

दोलखा — दोलखाको विगु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीका संजिव वली विजयी भएका छन् । उनले ४ हजार १ सय मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अचुतम केसीले ३ हजार ९ सय ७३ मत प्राप्त गरे ।

दोलखाको विगु गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमाले विजयी

यस्तै उपाध्यक्षमा पहिलो पटक सिमान्त थामी समुदायकी महिला विजयी भएकी छन् । उक्त समुदायबाट नेकपा नेकपा एमालेकी देविका थामी विजयी भएकी हुन् । उनले ४ हजार १३ सय प्राप्त गरेर विजयी भइन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङनिमा शेर्पाले ३ हजार ८ सय २६ मत प्राप्त गरे ।

विगुका ८ वडा मध्य नेकपा एमालेले ३ र माओवादी केन्द्रले ३ नेपाली काँग्रेसले १ र स्वतन्त्रले १ वडामा विजयी भएका छन् ।


प्रकाशित : जेष्ठ ६, २०७९ २३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?