कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

काभ्रेको महाभारतमा माओवादीका जिम्बा र कांग्रेसका मोक्तान निर्वाचित 

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लाको महाभारत गाउँपालिकामा गठबन्धनतर्फका उम्मेदवार विजयी भएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका कान्छालाल जिम्बा पुनः अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान विजयी भएका हुन् ।

काभ्रेको महाभारतमा माओवादीका जिम्बा र कांग्रेसका मोक्तान निर्वाचित 

जिम्बाले ४ हजार ८ सय ९१ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर वाइबाले ३ हजार १ सय ९५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान ४ हजार १ सय ६९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शान्ति तितुङले १ हजार ५ सय ३० मत प्राप्त गरिन् । वडा नं १, ४, ६ र ८ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २, ३, ७ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका जिम्बा र उपाध्यक्षमा चेतकुमारी माझी निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७९ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?