बाँकेको जानकी गाउँपालिकामा कांग्रेस विजयी

रूपा गहतराज

नेपालगन्ज — बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव निर्वाचित भएका छन् । खाँले नेकपा एमालेका हिमान्सु यादवलाई १८५८ मतको अन्तरले पराजित गरेका हुन् ।

बाँकेको जानकी गाउँपालिकामा कांग्रेस विजयी

कांग्रेसका खाँले ६६५३ मत प्राप्त गरे । यस्तै एमालेका यादवले ४७९५ मत प्राप्त गरेका छन् । अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का राजिवकुमार कुर्मीले २९३८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा रामप्यारीले नेकपा एमालेकी भुमिसरा धिताललाई दोब्बर बढी ३४५३ मतको अन्तरले पराजित गरिन् । रामप्यारीले ६९०९ मत प्राप्त गर्दा धितालले ३४५६ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा आएका नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले २२२९ मत प्रात गरे ।

२०७४ को निर्वाचनमा गाउापालिकामा कांग्रेसका उम्मेदवार झिनो मतले पराजित भएका थिए ।

उक्त गाउँपालिकामा कांग्रेसका ३ जना, जसपाका २ र माओवादी केन्द्रका १ जना वडाअध्यक्ष निर्वाचित भएका छन् । जसअनुसार वडा नम्बर १ मा जसपाका मोहम्मद रजा राई, वडा नम्बर २ मा माओवादी केन्द्रका चन्द्रीकाप्रसाद गुप्ता, वडा नम्बर ३ मा जसपाका राजकुमार कुर्मी, वडा नम्बर ४ मा कांग्रेसका रमेशकुमार वर्मा, वडा नम्बर ५ मा कांग्रेसकै टिकानाथ यादव र वडा नम्बर ६ मा कांग्रेसका जगदिशप्रसाद हरिजन निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?