१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नुवाकोटको विदुरमा कांग्रेसका श्रेष्ठ र माओवादीकी बोगटी विजयी

कृष्ण थापा

नुवाकोट — स्थानीय तह निर्वाचनमा नुवाकोट सदरमुकामको पुरानो नगरपालिका विदुरमा ३० वर्षपछि गठबन्धनले एमालेको गढ भत्काइदिएको छ । २०४९, २०५४ र २०७४ सालमा जितेको एमालेको विरासतलाई गठबन्धनले भत्काइदिएको हो । शुक्रबार साँझ सार्वजनिक मत परिणामअनुसार मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएका छन् ।

नुवाकोटको विदुरमा कांग्रेसका श्रेष्ठ र माओवादीकी बोगटी विजयी


श्रेष्ठ १५ हजार ८२६ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा बोगटीले १२ हजार ६८० मत ल्याई विजयी भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले जानकारी दिए । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी एमालेका सन्जु पण्डितले १२ हजार १५४ मत ल्याएर पराजित भएका छन् । पण्डितलाई श्रेष्ठले ३ हजार ६७२ मतान्तरले पराजित गरेका हुन् ।

उपमेयर बोगटीले निकटतम प्रतिद्वन्द्वी अम्बिका पौडेल नेपाललाई ८६५ मतान्तरले पराजित गराइन् । बोगटी स्व.पोष्टबहादुर बोगटीकी कान्छी छोरी हुन् । उनी द्वन्द्वकालदेखि राजनीतिमा लागेकी थिइन् । उनका दाइ रविले द्वन्द्वकालमा ज्यान गुमाएका थिए भने दिदी लुम्बिनी प्रदेशमा राजनीतिमा सक्रिय छिन् ।

२०७१ भदौमा बुवा पोष्टबहादुरको हृदयघातका कारण निधन भएपछि उनको पदचाप पछ्याउँदै प्रभा पत्रकारिता छाडेर राजनीतिमा सक्रिय हुन थालेकी हुन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?