२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

गैडहवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको गैडहवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जैसवाल निर्वाचित भएकी हुन् ।

गैडहवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

अध्यक्षमा निर्वाचित पौडेलले ५ हजार ६ सय ३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बसिउल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, उपाध्यक्षमा एमालेकी माधुरी जैसवाल ४ हजार ७ सय ५७ मत ल्याई विजयी भएकी छन । नेपाली कांग्रेसकी मन्जु न्यौपानेले ४ हजार ६ सय ५९ मत प्राप्त गरिन् ।

गैडहवा गाउँपालिकाको वडा नम्बर १ मा एमालेका प्रदीप कुमार चौधरी ९ सय १ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निशार मुसलमान फकिरले ७ सय १४ मत पाए । वडा नम्बर २ मा जनमत पार्टीका सराजुद्धिन धुनिया ५ सय ७८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका कडक बहादुर अहिरले ५ सय ६२ मत प्राप्त गरे । वडा नम्बर ३ मा गुलाब चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार राम अजोर यादव ५ सय १० मत सहित विजयी भएका छन् ।

यस्तै, वडा नम्बर ४ मा नेपाली कांग्रेसका सुरेन्द्रसिंह कुर्मी, वडा नम्बर ५ मा कांग्रेसकै विजय कुमार शर्मा, वडा नम्बर ६ मा कांग्रेसकै राजकुमार लोध वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ७ मा जनमत पार्टीका लाल बहादुर यादव ७ सय १ मत सहित विजयी भए । वडा नम्बर ८ मा एमालेका भुवन बहादुर राना मगर वडा अध्यक्षमा दोहोरिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बबर अली धुनियाले ५ सय ४४ मत पाए । वडा नम्बर ९ मा एमालेकी मिना क्षेत्री विजयी भएकी छन् । क्षेत्रीले ५ सय ९६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका टेकबहादुर बलालले ५ सय १२ मत ल्याइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?