कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मुसहर समुदायका २४ वर्षीय लालदेव बने वडाध्यक्ष

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको सिमावर्ती स्थानीय तह कोशी गाउँपालिमा नेकपा माओवादी (केन्द्र)बाट मुसहर समुदायका युवा उम्मेदवार २४ वर्षीय लालदेव सदा (मुसहर)ले वडा ७ को वडाध्यक्ष पदमा विजयी भएका छन् ।

मुसहर समुदायका २४ वर्षीय लालदेव बने वडाध्यक्ष

यसपटकको निर्वाचनमा निर्वाचित भएका उम्मेदवारमध्ये मुसहर समुदायबाट लालदेव प्रदेश १ कै पहिलो वडाध्यक्ष जनप्रतिनिधि भएको बताइएको छ ।

उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र महतोलाई १७० मतले पछि पार्दै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनले ६११ मत ल्याउँदा पराजित महतोले ४४१ मत ल्याएका थिए । लालदेवसँगै उनको प्यानल नै वडामा विजयी भएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?