गोलाप्रथाबाट वडाध्यक्ष निर्वाचित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

गोलाप्रथाबाट वडाध्यक्ष निर्वाचित

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बरहथवा नगरपालिका-४ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । वडामा दुई उम्मेदवारको समान मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथाबाट वडाध्यक्ष चयन गरेको हो ।

बरहथवा नगरपालिका–४ को मतगणनामा नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार साह र नेपाली कांग्रेसका उम्मेदवार लखेन्द्र महतोको समान ३ सय ४ मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथा गर्ने निर्णय गरेको थियो ।

गोलाप्रथाबाट निर्णय हुँदा साह निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

बरहथवाको मेयर तथा उपमेयरमा नेकपा एमालेको अग्रता कायमै छ । एमालेलाई माओवादी केन्द्रले पछ्याइरहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्

सर्लाहीको कविलासीमा कांग्रेसका यादव र कर्ण विजयी

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको कविलासी नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका ब्रम्हदेव राय र पुनम कर्ण निर्वाचित भएका छन् । तत्कालीन राजपाबाट जित निकाली यस पटकको चुनावमा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादव तथा जसपाका उम्मेदवार बनेकी निवर्तमान उपमेयर राधादेवीलाई हराउँदै कांग्रेसले जित निकालेको हो ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कविलासी नगरपालिकमा कांग्रेसका उम्मेदवार राय ६ हजार ४ सय ४४ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनले जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेश रायलाई १ हजार ७ सय ८१ मतान्तरले पराजित गरे ।

जसपाका उम्मेदवार रायले ४ हजार ६ सय ६३ मत ल्याए । पार्टी परिवर्तन गरेर नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादवले भने ३ हजार ५ सय १८ मत मात्र प्राप्त गरे ।

यस्तै, उपमेयरमा कांग्रेसकै पुनम कर्ण ६ हजार ९ सय ७ मत ल्याइ विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी उम्मेदवार तथा निवर्तमान उपमेयर राधादेवी ४ हजार ९ सय १६ मत प्राप्त गरिन् ।

१० वडा रहेको कविलासीमा ६ वटा वडामा कांग्रेस, २ वडामा जसपा तथा एक/एक वडामा एकीकृत समाजवादी र एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १५:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×