गोलाप्रथाबाट वडाध्यक्ष निर्वाचित

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बरहथवा नगरपालिका-४ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । वडामा दुई उम्मेदवारको समान मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथाबाट वडाध्यक्ष चयन गरेको हो ।

बरहथवा नगरपालिका–४ को मतगणनामा नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार साह र नेपाली कांग्रेसका उम्मेदवार लखेन्द्र महतोको समान ३ सय ४ मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथा गर्ने निर्णय गरेको थियो ।

गोलाप्रथाबाट निर्णय हुँदा साह निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

बरहथवाको मेयर तथा उपमेयरमा नेकपा एमालेको अग्रता कायमै छ । एमालेलाई माओवादी केन्द्रले पछ्याइरहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?