कपिलवस्तुको बुद्धभूमिको मेयर र उपमेयरमा कांग्रेस विजयी

मनोज पौडेल

कपिलवस्तु — पूर्व–पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बुद्धभूमि नगरपालिका नगर प्रमुख/उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । 

कपिलवस्तुको बुद्धभूमिको मेयर र उपमेयरमा कांग्रेस विजयी

कांग्रेसका केशवकुमार श्रेष्ठले नेकपा एमालेका पिताम्बर खनाललाई ७८८ मतान्तरले पराजित गरे । श्रेष्ठ १४ हजार ३८४ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी खनालले १३ हजार ५९६ मत ल्याएका थिए ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकै मीरा थारु विजयी भएकी छिन् । उनले १४ हजार २८३ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मन्जु चौधरीले १३ हजार ७१५ मत ल्याएकी थिइन् ।

विजयी दुवै जना ०७४ सालको स्थानीय निर्वाचनमा पनि विजयी भएका थिए । जिल्लाको ७ वटा स्थानीय तहको परिणाम आउँदा काग्रेसको तेस्रो जित हो । ३ स्थानीय तहको मतगणना भइरहेको छ । यहाँ १० स्थानीय तह छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?