कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धुलिखेलको मेयरमा एमालेका ब्याञ्जु, उपमेयरमा कांग्रेसका जंगम विजयी

नगेन्द्र अधिकारी

काभ्रे — धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोकुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । उनले ८ हजार ३ सय ५१ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्‍नेतले ७ हजार ४११ मत ल्याए ।

धुलिखेलको मेयरमा एमालेका ब्याञ्जु, उपमेयरमा कांग्रेसका जंगम विजयी

यस्तै, उपमेयरमा कांग्रेसका निराजन ज‌ंगम विजयी भए । उनले ७ हजार ९३८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?