वाग्मती गाउँपालिकामा गठबन्धन विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती गाउँपालिकामा गठबन्धन विजयी

सुवास विडारी

मकवानपुर — मकवानपुरको पूर्वी गाउँपालिका वाग्मतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित भएका हुन् ।

सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् ।

सर्केशले ७ हजार ३८४ मत प्राप्त गरेका थिए । पराजित खेमले ६ हजार १६६ मत प्राप्त गरेका थिए । उपमेयरमा विजयी भएका फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए । उपमेयरमा पराजित नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी थिइन् ।

वाग्मतीमा माओवादीले ५ वटा, एमालेले ३ वटा र कांग्रेसले एउटा वडामा विजयी हात पारेको थियो । मतगणनाको क्रममा विवादहुँदा दोहोर्‍याएर एउटा वडाको मतगणना गर्नुपर्दा ढिलो नतिजा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना आएको निर्वाचन अधिकृत हरि उपाध्यायले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ६, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्

हेटौंडामा मतगणना नसकिँदै एमाले उम्मेदवारले दिए नेकपा एसकी लामालाई बधाई

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाको करिब ४ हजार मत गन्न बाँकी हुँदै एमालेले हार स्वीकार गरेको छ । ७३ हजार ४ सय १४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत मात्रै गणना भएको छ ।

गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामाले एमाले उम्मेदवारसँग २ हजार ७७ मतान्तर कायम राखेकी छन् । तर, ३ हजार ७ सय १८ मत गणना हुने क्रममा रहको छ । एमाले उम्मेदवार अनन्त पौडेलले हार स्वीकार गर्दै गठबन्धनकी उम्मेदवार लामालाई भेटेरै बधाई दिएका छन् ।

मतगणना स्थलमै आएर उनले लामालाई खादा लगाउदै बधाई दिएका हुन् । अहिले हेटौंडा ९,१०,११,१२ र १३ नम्बर वडाको मतगणना जारी छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×