१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सर्लाहीको ईश्वरपुरमा कांग्रेसका आचार्य र चौधरी विजयी 

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिकामा मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका मनोजकुमार आचार्य र रंजितादेवी चौधरी निर्वाचित भएका छन् ।

सर्लाहीको ईश्वरपुरमा कांग्रेसका आचार्य र चौधरी विजयी 

कांग्रेसका उम्मेदवार आचार्य र चौधरीले एमालेका उम्मेदवार रहेको निवर्तमान मेयर मनोजकुमार देवकोटा तथा उपमेयर एकावतीदेवी चौधरीलाई फराकिलो मतले हराएका हुन् ।

आचार्य ८ हजार ४ सय ८० मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार समेत रहेका निवर्तमान मेयर मनोजकुमार देवकोटालाई २ हजार ५ सय २० मतान्तरले पराजित गरेका हुन् । देवकोटाले ५ हजार ९ सय ६० मत ल्याए ।

यस्तै उपमेयरमा कांग्रेसकै चौधरी ८ हजार २ सय ६८ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी एकावतीदेवी ६ हजार ३ सय ५३ मत प्राप्त गरिन् । चौधरीले निवर्तमान उपमेयर एकावतीदेवीलाई पराजित गरेकी हुन् ।

१५ वडा रहेको ईश्वरपुरमा ६ वटा वडामा कांग्रेस, ६ वडामा एमाले जसपा, लोसपा र माओवादी एक/एक वडामा विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?