कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा कांग्रेस विजयी

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाल-भारत सीमासँग सटेर रहेको नगरपालिकाको प्रमुखमा कांग्रेसका रजतप्रताप शाहले राप्रपाका दीपक रजौरियालाई एक हजार ४ सय ९४ मतान्तरले पराजित गरे । 

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा कांग्रेस विजयी

शाहले ५ हजार ६०६ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रजौरियाले ४ हजार १ सय १२ मत ल्याएका थिए । त्यस्तै उपप्रमुखमा कांग्रेसकै आरतीदेवी चौधरी विजयी भएकी छन् ।

उनले ५ हजार ६ सय ९१ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी आरतीसिंह यादवले ३ हजार २ सय ८२ मत ल्याएकी थिइन् । जिल्लाको ६ वटा स्थानीय तहको परिणाम आउँदा काग्रेसको दोस्रो जित हो । ४ स्थानीय तहको मतगणना भइरहेको छ । यहाँ १० स्थानीय तह छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?