३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

केपी ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

पर्वत पोर्तेल

झापा — एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा नेकपा एमाले पराजित भएको छ । एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमारी अधिकारीलाई  राप्रपाका रामकुमार थापाले ५५९ मतले हराए ।  

केपी ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

पूर्व नगर प्रमुख समेत रहेका थापाले १७५२५ मत पाए । निकटतम प्रतिष्पर्धी अधिकारीले १६९६६ मत पाइन्।

चुनावी चर्चाको केन्द्र रहेको यो नगरमा कांग्रेस–माओवादी र राप्रपाले एमाले विरुद्ध गठबन्धन गरेका थिए । चुनावी परिणामपछि माओवादीका नगर अध्यक्ष तीर्थराज बस्नेतले आफूहरू मिलेर लामो समयदेखिको एमालेको एकाधिकार खोसेको प्रतिक्रिया दिए ।

उपप्रमुखमा गठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना प्रसाई विजयी बनिन्। उनले १७०७२ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६५७४ मत पाए । ५८,१७६ मतदाता रहेको दमकमा ३९७३६ मत खसेको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७९ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?