सर्लाहीको चक्रघट्टा गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीको चक्रघट्टा गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको चक्रघट्टा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबै पदमा जनता समाजवादीका उम्मेदवार विजयी भएका छन् । चक्रघट्टा गाउँपालिकाको अध्यक्षमा जसपाका कृष्णकुमार यादव विजयी भए । नेपाली कांग्रेसका उम्मेदवार रामजी साहलाई पराजित गर्दै जसपाका उम्मेदवार यादव निर्वाचित भएका हुन् ।

यादवले ५ हजार ९ मत १५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका साहले ३ हजार ५ सय २१ मत प्राप्त गरे । निवर्तमान गाउँपालिकाका अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विक्रम यादवले भने २ हजार १ सय ४४ मत ल्याए । यस्तै उपाध्यक्षमा जसपाकै मिनादेवी राय ५ हजार ८१५ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विमल जयसवालले ३ हजार ७ सय ६० मत पाइन् । नौ वडा रहेको चक्रघट्टामा ६ वडामा जसपा, २ वडामा माओवादी केन्द्र तथा १ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।


प्रकाशित : जेष्ठ ६, २०७९ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्

सर्लाहीको हरिवन मेयरमा माओवादीका बुढाथोकी

पहिले जाेसँग पराजित भए, अहिले उनैलाई हराए बुढाथाेकीले 
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादीका रमेश बुढाथोकी विजयी भएका छन् । उपमेयरमा भने एमालेकी हरीमाया घलान निर्वाचित भइन् । स्थानीय तहको निर्वाचन २०७९ मा हरिवन नगरपालिकाको मेयर पदका लागि माओवादीका उम्मेदवार बुढाथोकीले ७ हजार २ मत ल्याई विजयी भएका छन् । उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशप्रसाद प्रसाईंले ६ हजार ८ सय ४९ मत ल्याएका छन् । 

यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवार घलान ६ हजार ८ सय ५५ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी पदमा मुक्तानले ५ हजार ३ सय २१ मत प्राप्त गरिन् । हरिवनमा पालिका प्रमुखको मतगणना अन्तिम समयसम्म निकै प्रतिस्पर्धा देखियो । पालिकाभर माओवादीले एक वडासदस्य समेत जित्न नसके पनि बुढाथोकीले बाजी मारे । बुढाथोकी यसअघिको स्थानीय तहको चुनावमा एमालेका प्रसाईंसँग पराजित भएका थिए ।


प्रकाशित : जेष्ठ ६, २०७९ ०६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×