२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मुगुका पालिका प्रमुख र उपप्रमुखमा एमाले शून्य

राजबहादुर शाही

मुगु — मुगुका चार वटा स्थानीय तहमा नेकपा एमाले वडामै सिमित देखिएको छ । यहाँका चार वटा स्थानीय तहमा एमालेले कुनै पनि प्रमुख र उपप्रमुख पद जित्न सकेन ।

मुगुका पालिका प्रमुख र उपप्रमुखमा एमाले शून्य

छायाँनाथ रारा नगरपालिकाको प्रमुखमा कांग्रेसका बिष्णु कुमार भाम तथा उपप्रमुखमा ऐश्वर्य मल्ल विजयी भएका छन् । मुगुम कार्मँरोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै छिरिङ क्यप्ने लामाले जितेका छन् ।

यस्तै सोरु गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका केशरजङ शाही र खत्याड गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया विजयी भएकी छन् ।

खत्याड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अजबहादुर शाहीले अध्यक्ष पद जितेका छन् भने सोरु गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका धर्मबहादुर शाही निर्वाचित भएका छन् ।

नेकपा एमाले भने वडामै सिमित देखिएको छ । चार वटा स्थानीय तहका ४५ वटा वडामध्ये एमालेले १६ वडाध्यक्षसहित सदस्य जितेको छ ।

एकीकृत समाजवादीले एउटा वडा र एक पालिकामै सिमित रहेको छ । माआवादीले एक पालिका अध्यक्षसहित ७ वटा वडाध्यक्ष जितेको छ । जिल्लाभर १८ वटा वडाध्यक्षसहित तीन उपप्रमुख र दुई पालिका प्रमुख पद जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?