२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

माेरङकाे ग्रामथान गाउँपालिका अध्यक्षमा गच्छदार र  उपाध्यक्षमा थारू विजयी

देवनारायण साह

मोरङ — मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका  जयप्रकाश गच्छदार र उपाध्यक्षमा एमालेकी गुणवतीदेवी थारू विजयी भएका छन् । गच्छदारले निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार शिवनारायण माझीलाई १ हजार ५ सय १२ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

माेरङकाे ग्रामथान गाउँपालिका अध्यक्षमा गच्छदार र  उपाध्यक्षमा थारू विजयी

गाउँपालिकाका निर्वाचन अधिकृत भाेलानाथ निराैलाका अनुसार अध्यक्षमा गच्छदारले ७ हजार ६ सय ५ मत र थारूले उपाध्यक्षमा ६ हजार १ सय २३ मत ल्याएर निर्वाचित भएका हुन् ।

गच्छदारका निकटतम प्रतिद्वन्द्वी माझीले ६ हजार ९३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा थारूकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुखनीकुमारी माझीले ५ हजार ४ सय ४८ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका शिवनारायण माझीले अध्यक्षमा ४ हजार ७ सय २० र उपाध्यक्षमा तत्कालीन फाेरम लाेकतान्त्रिककी फूलकुमारी चाैधरीले ४ हजार २ सय ५९ मत ल्याएर जितेका थिए ।

७ वटा वडा रहेको धनपालथानमा कांग्रेसले वडा नम्बर १, माओवादी केन्द्रले वडा नम्बरहरू ३ र एमालेले वडा नम्बरहरू २, ४, ५, ६ र ७ काे अध्यक्ष जितेकाे छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?