कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

नगेन्द्र अधिकारी

काभ्रे — पनौती नगरपालिकाको प्रमुखमा कांग्रेसका रामशरण भण्डारी विजयी भएका छन् । निवर्तमान प्रमुख रहेका एमालेका भीम न्यौपानेलाई २ हजार २ सय ६७ मतले पछि पार्दै भण्डारी नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

भण्डारीले १४ हजार ५० र न्यौपानेले ११ हजार ७ सय ८३ मत प्राप्त गरेका छन् । यस्तै एमालेबाट उम्मेदवार रहेकी निवर्तमान उपप्रमुख गीता बञ्जारा नै उपमेयरमा निर्वाचित भएकी छन् ।

गठबन्धनका तर्फबाट उपप्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार छविलाल हुमागाईं १ हजार ९ सय ४९ मत अन्तरले पराजित भएका छन् । बञ्जाराले १२ हजार ३ सय ३७ र हुमागाईंले १० हजार ३ सय ८८ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा भने एमालेले बहुमत प्राप्त गरेको छ । वडा नं २, ३, ४, ६, ७, ८, ११ को अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने कांग्रेसले वडा नं १, ५, ९ र १० मा जितेको छ । वडा नं १२ मा कांग्रेसका जयराम केसी विजय भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजय भएको थियो । कांग्रेसका विदुर बञ्जारालाई ३ हजार ६७ मत अन्तरले हराउँदै न्यौपाने निर्वाचित भएका थिए । न्यौपानेले १२ हजार २ सय ५८ र बञ्जाराले ९ हजार १ सय ९० मत प्राप्त गरेका थिए । उपप्रमुखमा एमालेकी बञ्जाराले १२ हजार ९९ र कांग्रेसकी अञ्जु रञ्जित केसीले ९ हजार १ सय २८ मत प्राप्त गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?