१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दुहबी नगरपालिकाको मेयरमा दोहोरिए कांग्रेसका गच्छदार, उपमेयरमा पोखरेल निर्वाचित

अर्जुन सुवेदी

काठमाडौँ — सुनसरीको दुहबी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बेद नारायण गच्छदार दोहोरिएका छन् । उपमेयरमा मेनुका पोखरेल खतिवडा निर्वाचित भएकी छन् । मेयर निर्वाचित गच्छदारले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बिनय कुमार पोखरेललाई ४ सय ५५ मतान्तरले पराजित गरे ।

दुहबी नगरपालिकाको मेयरमा दोहोरिए कांग्रेसका गच्छदार, उपमेयरमा पोखरेल निर्वाचित

गच्छदारले ११ हजार ९ सय १६ मत प्राप्त गर्दा पोखरेलले ११ हजार ४ सय ६१ मत मात्र प्राप्त गरे । मतगणनाको सुरूवातदेखि पोखरेलले अग्रता बनाएका थिए । उपमेयरमा कांग्रेसकी उम्मेदवार मेनुकाले ११ हजार ९६ मत ल्याएर बिजयी बनिन् । उनको निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सरोज कुमार सिंहले ५ हजार ४४ मत ल्याए ।


प्रकाशित : जेष्ठ ६, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?