१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कन्चनरुपको मेयर र उपमेयरमा कांग्रेस निर्वाचित

अबधेशकुमार झा

राजविराज — सप्तरीको कन्चनरुप नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल निर्वाचित भएका हुन् ।

कन्चनरुपको मेयर र उपमेयरमा कांग्रेस निर्वाचित

घोषित मतपरिणाम अनुसार मेयरमा निर्वाचित गुप्ताले ७ हजार ८ सय ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका भोलाकुमार पासमानले ५ हजार ७ सय ४ मत प्राप्त गरे ।

मेयरमा निर्वाचित गुप्ता ०७४ को स्थानीय तह निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका थिए । यस्तै उपमेयरमा कांग्रेसकी मुनाकुमारी पोखरेल निर्वाचित भएकी छन् । उनले ५ हजार ५ सय ४७ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना चौधरीले ५ हजार ५ सय ४७ मत पाइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?