इलामको फाकफोकथुममा गठबन्धन हराउँदै एमालेका खनाल विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलामको फाकफोकथुममा गठबन्धन हराउँदै एमालेका खनाल विजयी

विप्लव भट्टराई

इलाम — इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल निर्वाचित भएका छन् । उनले ५ हजार ३ सय २२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८ सय २१ मत ल्याए ।


उपाध्यक्षमा एमालेकै कल्पना राई ५ हजार १ सय ५८ मत ल्याई विजयी भइन् । प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका कुलबहादुर राई (वान्तवा)ले ४ हजार १ सय ७२ मत प्राप्त गरे । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्षमा नेपाली कांग्रेसका राम श्रेष्ठ विजयी भएका थिए । खनाल श्रेष्ठसँग उति बेला पराजित भएका थिए ।

इलामका १० वटा पालिकामध्ये ९ वटाको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले इलाम नगरपालिकासहित सन्दकपुर, रोङ र चुलाचुली गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको छ । एमालेले माई र देउमाई नगरपालिकासहित फाकफोकथुम, माइजोगमाई र माङसेवुङ गाउँपालिका जितेको छ । माइजोगमाई र इलाम नगरपालिकामा उपप्रमुख कांग्रेसले जितेको छ ।

सूर्योदय नगरपालिकाको मतगणना जारी छ । ११ वटा वडाको गणना सकिँदा मेयरमा नेकपा एसका रणबहादुर राई १० हजार ५ सय ९ मतका साथ अग्रस्थानमा छन् । एमालेका काजिमान कागतेले ९ हजार १ सय ७७ मतका साथ पछ्याई रहेका छन् । उपमेयरमा नेपाली कांग्रेसका दुर्गा बरालले १० हजार ३४ मत प्राप्त गरेका छन् भने एमालेकी दुर्गादेवी भट्टराईले ७ हजार ७ सय ९२ मत पाएकी छिन् ।


प्रकाशित : जेष्ठ ६, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्

इलामको देउमाईमा एमालेका पोख्रेल विजयी

विप्लव भट्टराई

इलाम — देउमाई नगरपालिकामा नेकपा एमालेका सूर्यप्रसाद पोख्रेल र पविमाया राई निर्वाचित भएका छन् । पोख्रेलले ८ हजार ६ सय ९५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलालले ७ हजार ६ सय २२ मत प्राप्त गरे ।

दुलाल यसअघि २०७४ मा मेयर पदमै पोखरेलसँग पराजित भएका थिए । उपमेयरमा निर्वाचित एमालेकी राईले ८ हजार ५ सय ६३ मत पाइन् ।


प्रकाशित : जेष्ठ ४, २०७९ १९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×