२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गोरखाको चुमनुब्री गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

हरिराम उप्रेती

गोरखा — जिल्लाको चुमनुब्री गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ विजयी भएका छन् । अध्यक्षमा निर्वाचित लामाले १ हजार ६ सय २४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका उम्मेदवार धनबहादुर गुरुङ १ हजार ३ सय ११ मत ल्याएर पराजित बने ।

गोरखाको चुमनुब्री गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

उपाध्यक्षमा निर्वाचित गुरुङले १ हजार ५ सय ६५ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार मेतोक छोकी लामाले १ हजार ३ सय ७ मत ल्याएर पराजित भइन् ।

७ वडा रहेको चुमनुब्री गाउँपालिकाको मतगणना बिहीबार मध्यराति सकिएको छ । पाँच वडाको वडाध्यक्षमा कांग्रेसका उमेदवार विजयी बनेका छन् भने २ वडाको वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । २०७४ को निर्वाचनमा चुमनुब्री गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका थिए । चुमनुब्रीको अन्तिम परिणाम आएसँगै गोरखाको ११ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?