कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

काठमाडौँ — मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु र उपाध्यक्षमा नेकपा एमालेकी गुणावतीदेवी थारु निर्वाचित भएका छन् । 

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

बिहीबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित थारु ७ हजार ६०५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शिवनारायण माझी थारुलाई १ हजार ५१२ मतान्तरले पराजित गरेका हुन् । पराजित शिवनारायण माझी थारुले ६ हजार ९३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार गुणावतीदेवी थारु ६ हजार १२३ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार भुखनीकुमारी माझीले ५ हजार ४४८ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?