कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सप्तरीको खडग नगरपालिकाकको मेयरमा माओवादी, उपमेयरमा जसपा

अवधेशकुमार झा

राजविराज — अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा तहमै मात्र सीमित नेकपा माओवादी केन्द्रले सप्तरीमा प्रमुखमा खाता खोलेको छ । खडग नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका जयप्रकाश चौधरी थारु निर्वाचित भएसँगै माओवादीले खाता खोलेको हो । निवर्तमान मेयर जसपाका हेमायु हकलाई पराजित गर्दै थारु मेयरमा निर्वाचित भएका हुन् ।

सप्तरीको खडग नगरपालिकाकको मेयरमा माओवादी, उपमेयरमा जसपा

निर्वाचित मेयर थारुले ५ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर जसपाका हेमायु हकले ५ हजार ६७ मत प्रात गरेका छन् ।

यस्तै, खडग नगरपालिकाको उपमेयरमा भने जसपाले जित निकालेको छ । जसपाकी रिताकुमारी चौधरीले ६ हजार २ सय ३१ मत प्राप्त गर्दै उपमेयरमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी यसमिन सुल्तान खातुनले ३ हजार २ सय १० मत प्राप्त गरिन् ।


प्रकाशित : जेष्ठ ५, २०७९ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?