१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

महोत्तरीको बर्दिवासमा ठूला दललाई हराउँदै प्रमुख, उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवासको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री विजयी भएका छन् । निर्वाचन कार्यालय बर्दिवासका अनुसार माओवादी केन्द्रका राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४ हजार २ सय १० मत प्राप्त गरे ।

महोत्तरीको बर्दिवासमा ठूला दललाई हराउँदै प्रमुख, उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी

उपप्रमुखमा पनि स्वतन्त्र प्यानलकै तारादेवी महतो विजयी भएकी छन् । महतोले ९ हजार ७ सय ३६ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १ सय ८५ मत प्राप्त गरेकी छन् ।

कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र प्यानल बनाएर निर्वाचनमा होमिएका क्षेत्रीले माओवादी, नेकपा एमाले, कांग्रेस र अन्य दललाई टक्कर दिन सफल भए ।

प्रकाशित : जेष्ठ ५, २०७९ २२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?