सुनसरीको रामधुनी नगरमा एमाले उम्मेदवार निर्वाचित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरीको रामधुनी नगरमा एमाले उम्मेदवार निर्वाचित

अर्जुन सुवेदी

सुनसरी — सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका शंकरलाल चौधरी र तारा थापा निर्वाचित भएका छन् । 

एमालेका उम्मेदवार चौधरीले १३ हजार ७ सय ७२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदीप अधिकारीले ११ हजार ४ सय ३५ मत प्राप्त गरे । 

उपेयरमा थापाले १३ हजार १ सय २८ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार आशाकुमारी चौधरीले १० हजार ४ सय ९३ मतमात्र ल्याइन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा मेयर जितेको कांग्रेसले यस पटकको निर्वाचनमा उक्त पद गुमाएको छ । उपमेयर भने एमालेले जितेको थियो ।


प्रकाशित : जेष्ठ ५, २०७९ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरीको इनरुवामा कांग्रेसका भण्डारी र मेहता विजयी

अर्जुन सुवेदी

सुनसरी — सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार भण्डारी ११ हजार ८२४ मतका साथ मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकतटम प्रत्यासी नेकपा एमालेका सरोजकुमार पोखरेलले ९ हजार ५३ मत पाए ।

त्यस्तै, उपमेयरमा निर्वाचित मेहताले ११ हजार ४८० मत पाइन् भने उनकी निकटतम प्रत्यासी नेकपा एमालेका सहजादी प्रविन (आलम)ले ९ हजार ३३७ मत पाएकी छिन् ।

मेयरमा निर्वाचित भण्डारी कांग्रेस सुनसरीका सभापति समेत हुन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ २१:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×