१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
पाल्पाको चुनावी नतिजा

नगरमा कांग्रेस, गाउँमा एमाले बलियो 

पूर्वखोला र निस्दीमा एमालेको ‘क्लिन स्विप’
पाँच गाउँपालिकासहित ३८ वडामा एमाले विजयी, ३२ मा कांग्रेस, पाँचमा माओवादी र एक वडामा जनमोर्चा विजयी 
माधव अर्याल

पाल्पा — स्थानीय तहको निर्वाचनमा पाल्पाका कतिपय स्थानीय तहमा फरक नतिजा देखिएको छ । नगर, गाउँ र वडामा समेत त्यस्तो नतिजा देखिएको हो । तर मुख्य प्रतिस्पर्धी भने एमाले र कांग्रेस नै देखिएका छन् । तानसेन र रामपुर नगरपालिकामा कांग्रेसले नगरप्रमुख जितेको छ ।

नगरमा कांग्रेस, गाउँमा एमाले बलियो 

तानसेनमा गठबन्धन थियो भने रामपुरमा कांग्रेस एक्लै निर्वाचन लडेको हो । तानसेन नगरपालिकामा उपप्रमुख माओवादीले हात पारेको छ ।

रामपुरमा भने कांग्रेसले प्रमुख र उपप्रमुखमा जित हात पारेको छ । १० मध्ये नौ स्थानीय तहको मतगणना परिणाम अनुसार निस्दी र पूर्वखोलामा भने एमालेले गठबन्धनलाई 'क्लिन स्विप' गरेको छ । दुवैमा एक जना सदस्य पनि गठबन्धन दलको आउन सकेन । निर्वाचन कार्यालयका प्रमुख रुक्कमांगत अर्यालका अनुसार पाँच पालिका प्रमुखमा एमालेले जितेको छ । तीन पालिकामा कांग्रेसको र एकमा माओवादी केन्द्रले जितेका छन् । तर उपाध्यक्ष र उपप्रमुखमा भने रिब्दीकोट र तिनाउमा कांग्रेसको, तानसेनमा माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् । रम्भाको मतगणना बाँकी छ ।

तानसेन नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ विजयी भए । उपप्रमुखमा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली विजयी भइन् । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत पाए । तानसेनको उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार सिंजालीले ११ हजार १ सय ५१ मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार शशि श्रेष्ठले १० हजार ३ सय ७२ मत पाइन् ।

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर-१० गेझामा एमालेले निकालेको विजयी र्‍याली ।

रामपुर नगरपालिकामा नगरप्रमुखमा कांग्रेसका रमणबहादुर थापाले १० हजार ४ सय ५६ मत ल्याए भने प्रतिस्पर्धी शिव अर्यालले १० हजार ८३ मत पाए । उपप्रमुखमा कांग्रेसकी उम्मेदवार बालकुमारी थापाले १० हजार ३ सय ७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेकी दुर्गा देवी रानाले १० हजार २ सय ५० मत ल्याइन् । रामपुरमा अघिल्लो स्थानीय तहको निर्वाचनमा गुमाएका वडा कांग्रेसले दुई वटा जितेपनि मतान्तर भने धेरै हुन सकेन ।

निस्दी गाउँपालिकामा एमाले उम्मेदवार मुक्तबहादुर सारुले ६ हजार ६ सय ५२ मत पाएर जिते । निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्दप्रसाद अर्यालले ३ हजार ४ सय ६६ मत पाए । सारुले अर्याललाई ३ हजार १ सय ८६ मतान्तरले पराजित गरे । उपाध्यक्षमा एमालेकी तिरनकुमारी श्रेष्ठले ६ हजार ६ सय ३८ मत ल्याइन् । उनका निकटतम् माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम प्रसाद खत्रीले ८ सय ३० मत मात्रै ल्याए । एमालेकी श्रेष्ठले ५ हजार ८ सय ८ मतान्तरमा जितिन् ।

माथागढी गाउँपालिकामा एमालेबाट अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएका छन् । बिजेता दुवै जना पूर्व स्वास्थ्यकर्मीबाट राजीनामा दिएर चुनावी मैदानमा ओर्लिएका हुन । अध्यक्षमा यम चिदी मगरले ६ हजार १ सय ९ र उपाध्यक्षमा बिष्णु माया लुङ्चेले ५ हजार ८ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । विजयी अध्यक्ष चिदीले निकतम् प्रतिद्वन्द्वी सन्तोष कुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याएका छन । उपाध्यक्षमा काँग्रेसकी विजया भट्टराई ५ हजार ६ सय ४४ मत ल्याइन ।

यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसले क्लिन स्विप पारेको गाउँपालिकामा अहिले एमालेका उम्मेद्वारहरु विजयी भएका हुन् । माथागढीमा सत्तारुढ दलको देशभर गठबन्धन भएपनी कााग्रेसले क्लिन स्वीप गरेको भन्दै गठबन्दन गर्न मानेको थिएन । यसपटक भने कांग्रेसले चार र एमालेले चारवटा वडाध्यक्ष जित हासिल गरेका छ्न ।

पूर्वखोला गाउँपालिकामा एमालेले गठबन्धनलाई 'क्लिन स्विप' गरेको छ । एमालेका अध्यक्ष पदका उम्मेदवार नुनबहादुर थापाले ६ हजार ३९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै भट्टराईले ५ हजार ८९४ मत प्राप्त गरिन् । कांग्रेस माओवादी र समाजवादीको गठवन्धन गरी उठेका समाजवादीका अध्यक्ष पदका उम्मेद्धार मीनप्रसाद गिरीले कलम चिन्हमा कुल १२५७ मत प्राप्त गरे । उपाध्यक्षमा रुख चिन्हकी विष्णु कुमारी आचार्यले २ हजार २ सय ५० मत प्रााप्त गरिन ।

तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भए । उनले ५ हजार ९० मत ल्याए भने निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत पाए । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ् रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गरिन् ।

रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मांगत भट्टराई र उपाध्यक्षमा माओवादी केन्द्रका युवराज थापा विजयी भए । अध्यक्षमा विजयी कांग्रेसका भट्टराईले ६ हजार ६ सय ४३ मत पाउँदा निकटतम् प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए । उपाध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रबाट उम्मेदवारी दिएका युवराज थापाले ६ हजार ३ सय ७ मत पाए भने निकटतम् एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार ७ सय ६१ मत पाइन् ।

रिब्दीकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर कार्की विजयी भए । उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार कांग्रेसकी कान्ता अधिकारी बिजयी भइन् । अध्यक्ष कार्कीले ५ हजार ७ सय ४ मत ल्याएर विजयी भए । निकटतम् एमालेका उम्मेदवार नारायणबहादुर जिसी ४ हजार ७ सय २६ मत ल्याए । उपाध्यक्ष अधिकारीले ५ हजार ४ सय ७९ मत ल्याएर विजयी भएकी हुन् । एमाले उम्मेदवार लक्ष्मी खनालले ४ हजार ९ सय ३६ मत ल्याइन् ।

बगनासकाली गाउँपालिकाको अध्यक्षमा एमालेकी सरस्वती दर्लामी (चिदी) र उपाध्यक्षमा एमालेकै हरि पाठक विजयी भएका छन् । अध्यक्षमा विजयी भएकी दर्लामीले ६ हजार ४ सय ६६ मत प्राप्त गरिने भने निकटतम् प्रतिस्पर्धी गठबन्धनकातर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत पाइन् । उपाध्यक्षमा एमालेकै पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गरे । निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) ले ४ हजार ७ सय ७८ मत पाइन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?