कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल विजयी भएकी छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी ढकाल निवर्तमान उपप्रमुख हुन् ।

वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

उनले कांग्रेसका गठबन्धनका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई पराजित गरेकी हुन् । ढकालले १६०३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले १५४८४ मत प्राप्त गरी पराजित भए । ढकालले खड्कालाई ५५४ मत अन्तरले पराजित गरिन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले ९९८८ मत प्राप्त गरी पराजित भए ।

यस्तै, नगरपालिकाको उप-प्रमुखमा पनि एमालेका नीलकण्ठ खनाल विजयी भएका छन् । उनले २०३६४ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११५३३ ल्याएकी छन् ।

यस्तै राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३६९७ मत प्राप्त गरेकी थिइन् । खनाल अघिल्लो स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर वडा नं. ४ का निर्वाचित वडाध्यक्षसमेत हुन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?